
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि ३३ दलले निवेदन दर्ता गराएका छन् ।
समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि आइतबारदेखि निवेदन खुला गरिएकोमा पहिलो दिन ३३ दलले निवेदन दर्ता गराएका आयोगले जनाएको हो ।
दर्ता सूची अनुसार पहिलो दिनमा नेपाली काँग्रेस, खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल, हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी रहेका छन् ।
दर्ता हुनेमा पहिलो नम्बरमा सन्ध्या खनाल नेतृत्वको देश विकास पार्टी रहेको छ भने अन्तिम नम्बरमा चन्द्रदेव जोशी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) रहेको छ ।
निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि यहिँ मंसिर २१ देखि २३ गतेसम्म ३ दिनको समयसिमा दिइएको छ ।
निर्वाचन आयोगमा दल दर्ताको संख्या १४३ रहेको छ । प्रतिनिधि सभा निर्वाचनमा एकल तथा संयुक्त रुपमा निर्वाचनमा भाग लिनका लागि १२० वटा निवेदन परेको भए पनि ११४ दलको निवेदन कायम भएको छ ।

Leave a Reply