एनआरएनएको स्टेरिङ कमिटीले पायो पूर्णता, दुवै पक्षको बराबरी प्रतिनिधित्व

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा गत आइतबार भएको बृहत् एकता घोषणापछि गठन भएको स्टेरिङ कमिटीले पूर्णता पाएको छ।

संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठबीचको सहमतिअनुसार अष्ट्रेलियास्थित सक्रिय महिला अभियन्ता इन्द्रा बनलाई शनिवार समितिमा समावेश गरिएको हो। उनी थपिएसँगै समितिको सदस्य संख्या ११ पुगेको छ।

यसअघि दुवै पक्षबाट ५–५ जना गरी १० जनाको नाम सार्वजनिक गरिएको थियो। समितिमा एक जना महिला सदस्य हुनुपर्ने माग उठेपछि संघको अभियानमा लामो समयदेखि सक्रिय बनलाई चयन गरिएको हो।

महाधिवेशनको तयारीका लागि गठन गरिएको स्टेरिङ कमिटीको पहिलो बैठक आइतवार बस्ने तयारी छ । समितिका अन्य सदस्यहरूमा डा. बद्री केसी (रुस), महेश कुमार श्रेष्ठ (जापान), रतन झा (अमेरिका), गौरीराज जोशी (अमेरिका), गंगाधार गौतम (बेल्जियम), विनोद श्रेष्ठ (अस्ट्रेलिया), भवानी ओली (अस्ट्रेलिया), आरके शर्मा (कतार), विनोद कुँवर (कोरिया) र बीआर लामा (अमेरिका) रहेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *