
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले पार्टीमा भ्रष्टाचार गर्ने र अराजकता मच्याउनेलाई ठाउँ नभएको बताएका छन्।
मधेश प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै पार्टीलाई सुदृढ बनाएर लैजानुपर्ने बताए।
उनले भने, ‘पार्टी एकता गरेर मात्रै हुँदैन, पार्टीलाई सुदृढ बनाउनुपर्छ।, हामीले विधि र पद्धतिमा पार्टी चलाउनुपर्छ, कार्यकर्ताको न्यायोचित मूल्याङ्कन हुनुपर्छ। भ्रष्टाचार गर्ने र घुस खाने नेकपामा छैनन् भन्ने बनाउनुपर्छ, कुशासन र अराजकहरू पार्टी टिक्दैनन् भन्ने बनाउनुपर्छ।’
विगतको आत्म समीक्षासहित जनतामा जानुपर्ने बताए।

Leave a Reply