
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य मुस्कान खातुनले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाललाई आफूले अभिभावकको रूपमा पाएको बताएकी छन्।
मधेश प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै तेजाव आक्रमण जघन्य अपराध भएको भन्दै त्यसका विरुद्ध आफूले ५ वर्षदेखि अभियान चलाउँदै आइरहेको बताइन्।
उनले भनिन्, ‘मैले यो अभियान चलाउँदै गर्दा प्रचण्ड र माधव नेपालबाट मैलै सहयोग पाएँ। नेकपाको उद्देश्य महिला हिंसा अन्त्य हुनुपर्छ भनेर लाग्नुभएकाले नै मलाई मन परेर यो पार्टीमा जोडिएको हुँ।’
उनले देश बनाउन सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरिन्।

Leave a Reply