
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले पनि सर्वोच्च अदालतको आदेश नमानेको आरोप लगाएका छन्।
हेटौँडामा जनताको निजी सम्पत्तिमाथि आक्रमण सरकारले आक्रमण गरेको भन्दै कानुनी राज्यको नाङ्गो उपहास भएको टिप्पणी गरे।
उनले भनेका छन्, ‘सर्वोच्च अदालतले ‘सडक विस्तार तत्काल रोक्नु’ भन्ने आदेश दिँदादिँदै पनि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा बनेको सरकार जनताको निजी सम्पत्तिमाथि आक्रमण गर्दै छ।’
बाइपासको विकल्प छँदाछँदै र राजमार्ग बन्नु अगावै बसेको बस्ती अनि जनताको वैध स्वामित्व रहेको निजी सम्पत्तिमाथि मुआब्जा नदिई जबर्जस्ती कब्जा गर्ने कार्य जघन्य अपराध भएको उनको भनाइ छ।
उनले भनेका छन्, ‘शक्तिको दुरुपयोग गरी जनताको घर भत्काऊ, तर कमसेकम ‘अतिक्रमणकारी’ भन्ने गलत आरोप जनतामाथि नलगाऊ।’

Leave a Reply