
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्ने भएका छन् ।
शनिवार भएको खेलमा सुदूरपश्चिम रोयल्सलाई विकेटले पराजित गर्दै विराटनगर दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो । सुदूरपश्चिम यसअघि नै शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको थियो ।
सुदूरपश्चिम र विराटनगरविरुद्धको पहिलो क्वालिफायर आगामी मङ्गलवार दिउँसो ४ बजेबाट सुरु हुनेछ । इलिमिनेटरमा तेस्रो स्थानमा रहेको काठमाण्डु गोखार्ज र चौथो स्थानमा रहेको लुम्बिनी लायन्स भिड्नेछन् । उक्त खेल आगामी बुधवार हुनेछ ।
पहिलो क्वालिफायरको विजेता टोली फाइनल प्रवेश गर्नेछ । पराजित हुने टोली र इलिमिनेटरको विजेता टोली फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा भिड्नेछन् । दोस्रो क्वालिफायर बिहीबार हुनेछ । फाइनल खेल आगामी शनिवार हुनेछ ।

Leave a Reply