दुर्गा प्रसाईँलाई शिक्षामन्त्री पुनले भने- कति साह्रै हावा कुरा गरेको हाउ भाइ

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँलाई हावा कुरा गर्न सुझाएका छन्। शिक्षा मन्त्री भएर पैसाको अभाव हुँदा आफूले धेरै शिक्षकहरूलाई स्थानीय भत्ता र महँगी भत्ता खुवाउन नसकेको बताएका छन्।

उनले प्रसाईँको आलोचना गर्दै भनेका छन्, ‘कति साह्रै हावा कुरा गरेको हाउ यो दुर्गा भाइले, शिक्षा मन्त्री भएर पैसाको अभावमा मैले धेरै शिक्षकहरूलाई स्थानीय भत्ता र महँगी भत्ता खुवाउन सकेको छैन। छाना नभएर र कक्षा कोठा नभएर सहयोग माग्न आउने विद्यालयहरूलाई खाली हात फर्काउन परेको छ। शिक्षकको अभाव भएर एक जना भए पनि शिक्षक दिन अनुरोध गर्ने स्कुलहरूलाई शिक्षक पठाउने जगेडा बजेट नै छैन।’

६ लाख जनतालाई कालो सूचीबाट हटाउने, सेना प्रहरीको तलब महिनाको १ लाख बनाउने र २० लाख रुपैयाँ भन्दा कमको ऋण मिनाहा गरिदिने काम कसरी गरी दिने रहेछन् दुर्गा भाइले? भन्दै प्रश्न गरेका छन्।

उनले थपेका छन्, ‘त्यसो गर्दा जनताले बैङ्कमा जम्मा गरेको जनताकै पैसा डुबी हाल्छ नि । धनको देवता कुवेर नै त होइनन् नि यिनी भाइ अनि छापाखानामा किताब छापे जस्तै पैसा छाप्न पाइँदैन भन्ने कुरा सबैलाई थाहा छ होला नि। यस्ता हावा कुरा गरेर जनता झुक्क्याउनु हुन्न दुर्गा भाइ यो भन्दा पहिले रेल ल्याउने, पानी जहाज ल्याउने, १२ वर्षमा नेपाललाई दक्षिण एसियाको एकदमै धनी देश बनाउने र नेपाललाई सिंगापुर बनाउने भन्ने जस्ता हावा कुरा धेरैले गरेका थिए।’

उनले हावादारी कुरा गर्दा हाँसोको पात्र मात्रै भइने भन्दै कुरा बुझेर तथ्यमा बोल्न आग्रह गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *