
काठमाडौं । काठमाडौंमा जारी एनपीएल सिजन दुईको आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंसलाई जितका लागि १४८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनायो ।
सुदूरका लागि आरिफ शेखले सर्वाधिक ४५ रन बनाए । यस्तै इशान पाण्डेले ३८ जोश ब्राउनले २४ दिपेन्द्रसिंह ऐरीले १९ र विनोद भण्डारीले १५ रन बनाए ।
विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । प्रतिस जीसीले २ र बसिर अहमतले १ विकेट लिए ।

Leave a Reply