
काठमाडौं । सिर्जना खत्री हाउडेमायाले आफ्नो नयाँ सिर्जना ‘एक नम्बर हरामी’ सार्वजनिक गरेकी छन् । सिर्जना खत्री हाउडेमाया अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतले दर्शकमाझ चर्चा बटुल्न थालेको छ ।
गीतमा स्वर स्वयं गायिका खत्रीकै रहेको छ । गीतको लिरिक्स र कम्पोज दुवै सिर्जनाले आफैँ तयार पारेकी छन् । गीतमा रोट साउँदको र्याप समावेश छ, जसले गीतलाई आधुनिक र फ्युजन शैलीको झल्को दिएको छ ।
‘एक नम्बर हरामी’ को म्युजिक भिडियोमा सिर्जना खत्री स्वयंको नृत्य र अभिनय देख्न सकिन्छ ।भिडियोमा नेपाली फिल्म उद्योगका खलनायकका रूपमा स्थापित राजेन्द्र खड्गी, प्रेमा लामिछाने, रोट साउँद, पूर्णिमा शाह र विवश ओलीले अभिनय गरेका छन् । भिडियोले कथावस्तु, रोमान्टिक ग्ल्यामर र नृत्यको मिश्रणलाई आकर्षक बनाएको छ ।
गीतको रेकर्डिङ तथा मिक्सिङ मनोज परियारले गरेका हुन् भने एरेन्ज योगेशकाजी शाहले गरेका छन् । गीत ‘आफ्नो मन स्टुडियो’मा रेकर्ड गरिएको म्युजिक भिडियोको निर्देशन नितिन चन्दले गरेका छन् ।
गायिका सिर्जना खत्रीले हालसम्म करिब दुई दर्जन गीत सार्वजनिक गरिसकेकी छन् । उनका धेरै गीतले युट्युबमा राम्रो प्रतिक्रिया पाएका छन् । उनका दुई गीत युट्युबको ‘करोड क्लब’मा प्रवेश गरिसकेका छन् । जसमा नौटङ्की माया १ करोड ६५ लाख भन्दा बढी पटक र .मेरो एक्सको छम्मा १ करोड ४० लाख भन्दा बढी पटक युट्युबमा हेरिएका छन् ।
त्यसका अतिरिक्त डबल माया, ओए सानी, यस्तो हुन्छ माया, सिकारी नारी, पिरलो, छड्के तिलहरी (तीज गीत), भोले बम बम (शिव भजन), कर्मलाको पात, तिम्रै प्यारी अर्धाङ्गिनी, तैँ मोरीलाई माया, यहाँ यस्तै हो, लाहुरे मायालगायत गीतले पनि राम्रो चर्चा पाएका छन् ।
नयाँ गीत ‘एक नम्बर हरामी’ हाउडेमाया अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको केहीबेरमै गायिका खत्रीलाई सकारात्मक प्रतिक्रिया आउन थालेका छन् । सिर्जनाको आवाज, भिडियोको ग्ल्यामरस प्रस्तुति र रोट साउँदको र्याप समावेश भएसँगै गीत ट्रेन्डमा आउने अपेक्षा राखिएको छ ।

Leave a Reply