दयाहाङ राई र प्रकाश सपूत अभिनीत चलचित्र ‘मिरमिरे’ को टिजर सार्वजनिक

काठमाडौं । अभिनेता दयाहाङ राई अभिनीत चलचित्र ‘मिरमिरे’ को टिजर सार्वजनिक गरिएको छ । यम शेर्पाको लेखन तथा निर्देशन रहेको यो चलचित्र माघ १ गतेबाट प्रदर्शनमा आउँदैछ।

सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकारलाई देख्न सकिन्छ । टिजरमा बाबा र छोरीको भावनात्मक सम्बन्ध देखाइएको छ । आमाको अनुपस्थितिमा बुवासँग रहेकी छोरी र उनीहरूबीचको भावनात्मक सम्बन्धको कथा टिजरले प्रस्तुत गरेको छ।

चलचित्रमा बुवाको भूमिकामा दयाहाङ राई छन्, जसले छोरी (शाइसा गौचन) को लालन पालन र शिक्षाको जिम्मेवारी उठाएका छन् । चलचित्रमा सिर्जना निङलेखु पनि छिन जसले शिक्षिकाको भूमिका निर्वाह गरेकी छिन् ।

चलचित्रमा गायक तथा नायक प्रकाश सपूत पनि रहेकाले, उनी त्रिकोणात्मक प्रेममा रहेको छनक टिजरले दिएको छ ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय छ ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको चलचित्रको सह–निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर छन् ।

चलचित्रको कार्यकारी निर्मातामा भने आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *