
काठमाडौं । भोली विवाहबन्धनमा बाँधिन लागेकी नायिका पूजा शर्माले मेहेन्दी लगाएकी छन् । मेहेन्दी समारोहमा उनका हुनेवाला श्रीमान् युद्ध बानियाँ पनि सहभागी भए ।
पूजा र युद्धकै लगानी रहेको झम्सिखेलस्थित ट्याग रेस्टुरेन्टमा मेहन्दी कार्यक्रम गरिएको हो । कार्यक्रममा पूजाका परिवार र आफन्तका साथै निकट महिला कलाकारहरूको उपस्थिति थियो । दीपाश्री निरौला, निरुता सिंह, रेजिना उप्रेतीदेखि एलिजा गौतमसम्म मेहेन्दीमा पूजालाई साथ दिन पुगे ।
पत्रकार ऋषि धमलाकी पत्नी एलिजा निकै हट बनेर गएकी थिइन् । उनले सामाजिक सञ्जालमा तस्बिरहरू राख्दै कवितात्मक शैलीमा पूजाप्रति प्रेम दर्शाएकी छन् ।
एलिजाको कविता यस्तो छ:
प्रिय पूजा
तिम्रो हातको मेहन्दीले
यति मीठो कथा बोलेको छ,
मानौँ रंगहरूभित्रै
तिम्रो मुहारको मुस्कान बसिदिएको हो।
हरियो–गुलाबी छायामा
तिम्रो नामको सुवास मिसिएको छ,
र त्यो नाजुक डिजाइनले
तिम्रो सौन्दर्यको भाषा कविता बनेर बगिरहेको छ।
र हाम्रो मित्रता
मेहन्दीझैँ गहिरो, रङझैँ टिकाऊ,
अनुभूति झैँ कहिल्यै नफिको।
हामीले विभिन्न एआई डिटेक्टरहरुमा परीक्षण गर्दा एलिजाले हालेको यो कविता भने एआईबाट सिर्जित भएको पाइयो ।

Leave a Reply