
काठमाडौं । पुस १० गतेबाट रिलिज हुने चलचित्र ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर सार्वजनिक भएको छ ।
पोस्टरमा चलचित्रका तीन मुख्य कलाकार ‘फिचर्ड’ छन् । पोस्टरको केन्द्रमा अभिनेत्री बेनिशा हमाल छिन् । एउटै पोस्टरमा बेनिशा तीन ठाउँमा छिन् ।
सबैभन्दा ठूलो आकृतिमा उनी प्रशन्न मुद्रामा देखिएकी छिन् । दोस्रो आकृतिमा उनको क्यारेक्टर झल्काउने लुक्स छ, जहाँ तनाव मुद्रामा रहेकी उनको हातमा सिगरेट छ । अर्को एक ठाउँमा भने उनी महेश त्रिपाठीसँग टेबुलमा छिन् । आमनेसामने रहेकाले यहाँ यी दुईबीच केही संवाद भइरहेको अनुमान लगाउन सकिन्छ ।
पोस्टरमा ग्रिस्मा कटुवाललाई पनि देख्न सकिन्छ । उनी आँखाभरि आँसु बनाएर रोइरहेकी छन् ।
‘द ब्ल्यू लाइट’ लाई बलिराम चौहानले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशकीय चलचित्र हो । चलचित्रको प्रमुख भूमिकामा बेनिशा हमाल, अर्पण थापा, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी छन् । बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।
‘साइकोलोजिकल थ्रिलर जनरा’ मा निर्माण भइरहेको चलचित्रलाई स्काइफल पिक्चर्सले प्रस्तुत गर्दैछ । नरेन्द्र मैनालीको छायाङ्कन रहेको चलचित्रको को–प्रोडुसर रमन ग्रे हुन् ।

Leave a Reply