
काठमाडौं । नेकपा एमालेको महाधिवेशन प्रतिनिधिका लागि राष्ट्रिय युवा संघबाट छानिएका ७ जना प्रतिनिधिको नाम अहिलेसम्म सार्वजनिक भएको छैन । तर उनीहरूको निर्णय भएर संगठन विभागमा दर्ता भइसकेको विभागका एक सदस्यले बताए ।
युवा संघबाट अध्यक्ष क्षितिज थेबे, उपाध्यक्षद्धय महाराज गुरुङ,विनय शाह र महासचिव महेश चौलागाईँ खुलातर्फबाट छनौट भएका छन् ।
महिलाबाट सचिव निशा लिम्बु र सचिवालय सदस्य निरुपमा राई र पञ्चमी रेग्मी प्रतिनिधि छनौट भएका छन् ।
एक जना प्रतिनिधिको सदस्यताको अवधिको विवाद निस्केका कारण सार्वजनिक नगरिएको स्रोतले जनाएको छ ।
युवा संघका अध्यक्ष क्षितिज थेबे एघारौँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्ने लगभग निश्चित रहेको छ ।

Leave a Reply