
काठमाडौ । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका घाइते बोकेर अस्पताल पुर्याएकी किशोरी कार्की पनि कुलमान घिसिङ संरक्षक रहेको उज्यालो पार्टी नेपाल घोषणा सभामा अतिथिका रुपमा उपस्थित भएकी छन् ।
निर्वाचन आयोगमा छुट्टै दल दर्ताका लागि निवेदन पेश गरेकी कार्की बुधबार उज्यालो नेपाल पार्टीको घोषणा सभामा अतिथिका रुपमा उपस्थित भएकी हुन् ।
जेन-जी आन्दोलनमा निर्वाह गरेको भूमिकाका विषयमा अहिले उनले दलको घोषणा सभामा आफ्नो धारणा राखेकी छन् । उनले मन्तव्यका क्रममा बेपत्ता परिवारको छोरी भएको दाबी गरिन् । राजनीति उमेरले नभएर आफ्नो भोगाइ र जीवनले सिकाएको बताउँदै उनले आफू २५ वर्षको मात्रै भए पनि न्यायका लागि लड्न ढिलो भइसकेको बताइन् ।
गत कात्तिक २८ गते कार्कीले निर्वाचन आयोगमा नवनिर्माण पार्टी दल दर्ताका लागि निवेदन दिएकी थिइन् । तर, दल दर्ताका लागि पुर्याउनुपर्ने सबै प्रमाण तथा प्रक्रिया पुर्याइनसकेका कारण अहिलेसम्म उक्त दल दर्ता भएको छैन ।
अहिलेसम्म दल दर्ता हुन नसकेका कारण उनको दल आगामी फागुन २१ का लागि तय भएको निर्वाचनमा भाग लिन नपाउने भएको छ । उनको दल दर्ता नभएका कारण उनी उज्यालो नेपाल पार्टीमा आवद्ध भएर अघि बढ्ने सम्भावना देखिएको छ ।

Leave a Reply