
काठमाडौं । मधेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले आदेश दिएको छ ।
सर्वोच्च अदालतले नेपालको संविधानको धार १६८ को उपधारा ४ बमोजिम २४ घण्टाभित्र विश्वासको मत लिन आदेश गरेको हो । विश्वासको मत नलिए धारा १६८ कै २ बमोजिम सरकार बनाउने मार्गमा हिँड्न पनि आदेश गरेको छ ।
गैरसंवैधानिक ढंगले यादवको नियुक्ति भएको भनी ७३ जना सांसदहरूले अदालतमा रिट पेश गरेका थिए ।
उनले विश्वासको मत नपाए अर्को सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

Leave a Reply