कांग्रेसको निष्कर्ष- अब विशेष महाधिवेशन मागको औचित्य रहँदैन

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नियमित महाधिवेशनको कार्यतालिका तोकिएपछि विशेष महाधिवेशनको माग स्वतः निष्क्रिय भएको बताएका छन् ।

केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै हस्ताक्षरकर्ताको आशय समयमा महाधिवेशन हुने नै रहेको बताए ।

उनले भने, ‘आशंका गर्नुपर्ने कारण त थिएन, तैपनि उहाँहरूले आशंका राख्नुभयो। अब अधिवेशन नै हुने भइसकेपछि विशेष महाधिवेशनको मागको औचित्य रहँदैन ।’

आम निर्वाचनमा जानुपर्ने बेलामा आपसमा प्रतिस्पर्धा गर्दा नतिजा राम्रो नआउने मत पार्टीभित्र रहेको समेत बताए ।

उनले थपे, ‘यो मत पार्टीभित्र जबरजस्त छ । त्यसमा सत्यता पनि छ । समय पनि अत्यन्त कम छ । त्यसले सहज रूपमा सुनिश्चित पनि कम हुनसक्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *