
काठमाडौं । नेकपा एमाले खोटाङले सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि टुंग्याएको छ ।
खुल्लातर्फ देवविक्रम राई, कुमारप्रसाद आचार्य, पिके राई, रामप्रसाद दंगाल र सुरेन्द्र कुमार राई महाधिवेशन प्रतिनिधि बनेका छन् ।
युवातर्फ जगत राई महाधिवेशन प्रतिनिधि बने भने दलिततर्फ दीपक ठटाल महाधिवेशन प्रतिनिधि बने । त्यस्तै महिलातर्फ कविता राई, पुष्पकला भुजेल र विणादेवी राई महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।


Leave a Reply