गृहमन्त्रीले बच्चाको रगतमाथिको पदमा बसेर शानसँग गफ हानिरहनुभएको छ : सुधन

पोखरा । हामी नेपालका संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याल बच्चाको रगत लागेको पदमा बसेर शानसँग गफ हानेको आरोप लगाएका छन् ।

पोखरामा सोमबार तमु ह्रयुल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद् जिल्ला समिति कास्कीले आयोजना गरेको सम्मान कार्यक्रममा गुरुङले गृहमन्त्री अर्याल सल्लाहकार बनेर पसेर मन्त्री पदको लाभ लिएको दोहोर्‍याए ।

‘ओमप्रकाश अर्याल भन्ने एउटा व्यक्ति जो कानुनी सल्लाहकार भए हामीलाई गुमराहमा पार्नुभयो । र, आज गृहमन्त्रालयको बच्चाको रगत लागेको कुर्सीमा पदमा बसेर शानसँग गफ हानिराख्नुभएको छ,’ उनले भने ।

कार्यक्रममा गुरुङले आफ्नो शिर जेन-जीको शिर भएकाले कहिल्यै झुक्न नदिने बताए । सुधन बस्नेत या सुधन ओली भएको भए आफ्नो नागरिकका विषयमा कुरा नउठ्ने तर, गुरुङ भएर कुरा उठेको उनको जिकिर छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *