घनश्यामको टिप्पणी- पुराना पार्टीमा तीनै अनुहार फर्किए, नयाँमा उत्ताउलोपनभन्दा केही छैन

काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले ठुला पार्टीहरूमा पुरानै अनुहारले निरन्तरता पाउँदा देशलाई निराशातर्फ लैजाने सम्भावना बढेको बताएका छन्। आज पत्रकार सम्मेलन गरेर फेरि पनि तीनै अनुहारहरू राजनीतिमा सक्रिय भएको बताए।

उनले भने, ‘पुराना भनिएको ठुला सत्ताधारी पार्टीका तीनै अनुहारहरू जस्ताको तस्तै फेरि राजनीतिमा फर्किने कुराले ठुलो प्रश्न उठेको छ। यो धक्काबाट पनि राजनीतिले सिकेन भन्ने कुराको प्रमाण हो। त्यसले हामीलाई निराशातर्फ लैजाने सम्भावना बढ्दै छ। हिजो राजनीतिलाई बर्बाद पारेकाहरू जस्ताको तस्तै फर्किदा दलाल, पुँजीपति र बिचौलियाहरू पनि फेरि ब्युतिँदैछन्।’

उनले नयाँ आएका पार्टीहरूमा पनि हिजो पुरानाहरूले बिगारेको सपार्ने योजना नदेखिएको बताए। उनले भने, ‘उत्ताउलोपन, भुईँफुट्टा पन, केही तात्कालिक नाराहरू छन्, केही एजेन्डा छन्। दीर्घकालीन सोच छैन।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *