हतियार लुटेर भागेका थुनुवा पक्राउ, बेच्नलाई ग्राहक खोज्दा प्रहरीको फन्दामा

काठमाडौं । जेन-जी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट भाग्ने क्रममा लुटेको हतियार र भगौडा थुनुवा पक्राउ परेका छन् ।

प्रहरी वृत्त, स्वयम्भूको हिरासतमा लागुऔषध मुद्दामा पक्राउ परी थुनामा राखिएका २८ वर्षीय रसिल जोशी भागेका थिए ।

काठमाडौं महानगर- १४, भुरुङखेलका बासिन्दा जोशीले हिरासतबाट भाग्ने क्रममा एक थान पेस्तोल पनि साथमै लिएर गएका थिए ।

उनीसहित ३ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए ।

लुटिएको पेस्तोल बिक्री गर्न तीनजनाको समूह बनाएर ग्राहक खोज्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा दार्चुला, दुहुँ गाउँपालिका- ४ घर भई सुन्धारा बस्ने १९ वर्षीय रामचन्द्र कुवर र काठमाडौं महानगर- १३, बाफल बस्ने ३१ वर्षीय विराटप्रसाद जोशी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *