
काठमाडौं । दिपकप्रसाद आचार्य निर्देशित ‘परान’ सबैभन्दा धेरै कमाइ गर्ने नेपाली चलचित्रको सूचिमा छैटौं स्थानमा उक्लिएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार १६ करोड १६ लाख ७७ हजार ५५८ रुपैयाँ ग्रस कलेक्सन गर्दै छैटौं स्थानमा उक्लिएको हो ।
‘परान’भन्दा माथि क्रमशः ‘जारी’, ‘छक्का पन्जा ४’, ‘१२ गाउँ’, ‘कबड्डी ४’ र ‘पूर्णबहादुरको सारंगी’ छन् । बक्स अफिस कलेक्सनको गति हेर्दा ‘परान’ले छिट्टै नै ‘जारी’ र ‘छक्का पन्जा ४’लाई उछिन्ने देखिन्छ ।
त्यस्तै अनमोल केसी स्टारर ‘जेरी अन टप’ १२ औं सबैभन्दा बढी कमाउने नेपाली चलचित्र बनेको छ । १२ करोड २३ लाख ५२ हजार ३१५ रुपैयाँ कमाउँदै ‘जेरी अन टप’ १२ औं स्थानमा उक्लिएको हो । १३ औं स्थानमा १० करोड ग्रस सहित ‘ऊनको स्वीटर’ छ भने ११ औं स्थानमा १२ करोड ६५ लाख ग्रस सहित ‘शत्रु गते’ छ ।

Leave a Reply