एक महिनामा ‘परान’ को कमाई १६ करोड माथि, अरूको कति ?

काठमाडौं । निर्देशक दीपक प्रसाद आचार्य ‘काकु’ निर्देशित चलचित्र ‘परान’ ले घरेलु बक्सअफिसमा १६ करोडमाथिको व्यापार गरेको छ । पछिल्लो शनिवार १३ मंसिरसम्म चलचित्रले नेपाली बक्स अफिसमा १६ करोड १६ लाख ७७ हजार ५५८ नेरु ग्रस कमाइ गरेको हो।

कात्तिक १४ गतेबाट प्रदर्शनमा आएको ‘परान’ ले एक महिनामा ५ लाख ६९ हजार ७५४ वटा टिकट विक्री गरेको छ । १६ करोड माथिको व्यापार गरेसँगै यो चलचित्र २०८२ सालको अहिलेसम्मकै सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको छ।

त्यस्तै, चौथो हप्तामा चलिरहेको ‘जारी २’ले २ लाख ६ हजार २३९ टिकट बिक्री गर्दै ६ करोड १९ लाख ३५ हजार ८५३ रुपैयाँ कलेक्सन गरेको छ ।

जारीसँगै प्रदर्शनमा आएको ‘मनबिनाको धन’ले ३ करोड ७४ लाख ९१ हजार ४६१ रुपैयाँ कलेक्सन गरेको छ । यो चलचित्रको शनिबारसम्म १ लाख ४३ हजार ३३५ टिकट बिक्री भएको छ।

त्यस्तै, अनमोल केसी स्टारर ‘जेरी अन टप’ ले १२ करोड २३ लाख ५२ हजार ३१५ रुपैयाँको व्यापार गरेको छ । यो चलचित्रको शनिवार राती १२ बजेसम्म ३ लाख ९० हजार ९०४ वटा टिकट बिक्री भएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *