एमालेले पोखरामा जेन-जीका कार्यक्रम बिथोल्न खोजेको सुधन गुरुङको आरोप

काठमाडौं । सुधन गुरुङले पोखरामा हुने भनिएको जेनजीको कार्यक्रम एमालेले बिथोल्न खोजेको आरोप लगाएका छन् । आफू पोखरा जाने भएपछि एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पोखरामा जेनजी भाइबहिनीहरूको संगठन बलियो बनाउन र देशप्रेमी पोख्रेली आमाबुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई भेट्न हामी पोखरा निस्कियौं र हामी आउने खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको खबर पाएँ, तर यसले हाम्रो कदम रोक्दैन ।’

आफूहरू देशका लागि हिजोदेखि लडेर आएकाले कसैको डरधम्कीले नडराउने समेत बताएका छन् । गुरुङ काउन्सिल अफ जेनजीका केन्द्रीय संयोजक हुन्

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *