
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूबाट प्रवाह हुने कर्जाको सीमा वृद्धि गरेको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षा मार्फत लघुवित्तबाट प्रवाह हुने कर्जाको सीमा बढाएको हो ।
नयाँ व्यवस्था अनुसार लघुवित्तबाट १५ लाख रुपैयाँसम्म ऋण लिन पाइने भएको छ । यसअघि लघुवित्त वित्तीय संस्थाहरूले धितोमा प्रवाह गर्ने कर्जाको अधिकतम सीमा ७ लाख रुपैयाँ मात्र रहेको थियो। राष्ट्र बैंकले सो सीमालाई शतप्रतिशत भन्दा बढीले वृद्धि गर्दै १५ लाख रुपैयाँ कायम गरेको हो ।
‘लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा रु.७ लाखबाट वृद्धि गरी रु.१५ लाख कायम गरिनेछ’, मौद्रिक नीतिको समीक्षामा उल्लेख छ ।
१५ लाखसम्मको सुविधा प्राप्त गर्नका लागि ऋणीले धितो भने अनिवार्य राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष कर्जाको सीमा बढाएको छ । विद्यमान यस्तो सीमा ५० लाख रुपैयाँबाट वृद्धि गरी १ करोड रुपैयाँ कायम गरिएको छ ।

Leave a Reply