
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर प्रदेश र जिल्ला सभापतिहरूले पौष २८ भित्र विशेष महाधिवेशन कसैले रोक्न नपाइने र रोक्न नसक्ने बताएका छन् ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर असोज २९ गते विशेष महाधिवेशनको प्रस्ताव दर्ता गरिसके पनि त्यसलाई टार्ने प्रयास भइरहेको भन्दै उनीहरूले असन्तुष्टि जनाउँदै विलम्ब र बहाना नगरी चाँडै मिति घोषणा गर्न केन्द्रीय कार्यसमितिलाई आग्रह गरेका छन्।
असोज २८ देखि चलिरहेको केन्द्रीय कार्यसमिति बैठकले अझै निर्णय गर्न नसकेको भन्दै उनीहरूले चर्को असन्तोष व्यक्त गरेका छन्।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर असोज २९ गते विशेष महाधिवेशनको प्रस्ताव दर्ता गरिसके पनि त्यसलाई टार्ने प्रयास भइरहेको आरोप विशेष महाधिवेशन पक्षधरहरूको छ ।


Leave a Reply