सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति हामीले गरेको होः प्रचण्ड (भिडिओ)

पोखरा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन आफूहरुले सहमति गरेको दाबी गरेका छन् ।

पोखरामा आयोजित एकता सन्देश कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले २६ गते राति आफूहरु र माधव नेपालसहितले सहमति गरेर सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति भएको दाबी गरेका हुन् ।

‘अहिलेका सम्माननिय प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री कुराको सहमति हामीले गरेको हो । यो कुराको हेक्का सरकारले राख्न जरुरी छ,’ उनले भने ।

देशभरी चुनावी वातावरण बनाउनका लागि यो अभियान चलाइरहेको संयोजक प्रचण्डले उल्लेख गरे । छिमेकीले समेत निर्वाचन चालेकाले फागुन २१ मा निर्वाचन हुने उनको तर्क थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *