
काठमाडौं । कान्तिपुर थिएटरमा नाटक ‘महारानीको जात्रा’ मञ्चन भइरहेको छ । कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतिमा तयार यो नाटक गत कात्तिक २४ देखि मञ्चन भइरहेको हो ।
दिपल बरालको निर्देशनमा बनेको ‘महारानीको जात्रा’ नाटकलाई रमेश पुरीले निर्माण गरेका हुन् । नाटकमा अभिनेत्री उषा रजकसँगै कलाकार राज न्यौपाने, निकिता आचार्य, सुहाना आचार्य, दीपेश गजुरेल, श्रीधर गौतम, विमल यादव, बिरान दहनी, विकल्प ओली, विशाल कार्की, ज्योति लामा, समीर शर्मा, प्रयास खत्री, मनोज तामाङ, कुशल बाँस्कोटा, गोविन पौडेल र श्वेता चौलागाईंको अभिनय छ ।
यो नाटक यहिँ मंसिर २० सम्म अर्थात अझै एक सातासम्म मञ्चन हुनेछ । यो नाटकलाई थुप्रै चर्चित कलाकारले हेरिसकेका छन् । हालै, अभिनेत्री रेखा थापा पनि नाटक हेर्न त्यहाँ पुगेकी थिइन् । रेखाले कान्तिपुरको त्यही मञ्चबाट थिएटरमा डेब्यु गरेकी हुन् ।
बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, वरिष्ठ रङ्गकर्मी सुनिल पोख्रेल र अशेष मल्ल, चर्चित कलाकार राजेश हमाल, रेखा थापा, खगेन्द्र लामिछाने, जिवन लुइटेल, निरुता सिंह, बुद्धि तामाङ, महेश त्रीपाठी, दिपकप्रसाद आचार्य (काकु), कृषा चौलागाइ, पुरुषोत्तम प्रधान, सुलक्षण भारती, चलचित्र कलाकार संघका महासचिव सबिन श्रेष्ठ, अन्तरास्ट्रिय ख्याति प्राप्त नेपालि सेफ ‘सन्तोष साह, क्रिकेट खेलाडी सन्दिप लामिछाने लगायतले हेरिसकेका छन् ।

कान्तिपुर फिल्म एकेडेमी गैह्रीधारा, काठमाडौँमा मञ्चन भइरहेको ‘महारानीको जात्रा’ नाटक एक समसामयिक र व्यङ्ग्यात्मक नाटक हो । नाटकले समसामयिक विषयवस्तु समेटेको छ । जसले मिडिया र सत्ताको वास्तविकतामाथि गम्भीर प्रश्न उठाएको छ । यस नाटकले मिडियाको अतिरञ्जित प्रभाव र सत्ताको खोक्रो पवित्रता माथि व्यङ्ग्य गरेको छ ।
श्रीपेचको कथामार्फत सत्ताको प्रतीकलाई देखाएको छ, जसले जुन फोहोर र उपेक्षित भए पनि समाजले पवित्र ठान्ने गरेको देहाउँछ । नेपाली समाजमा सत्ता र परम्परालाई पवित्र ठान्ने प्रवृत्ति र सत्ताले नसुन्ने वर्गको आवाजमाथि प्रश्न उठाएको छ ।
मंसिर २० गतेसम्म कान्तिपुर थियटर, गैरीधारामा दैनिक बेलुकी ५ बजे र शनिबार भने दिउँसो १ बजे र साँझ ५ बजे मञ्चन भइरहेको छ ।


Leave a Reply