
काठमाडौं । यस अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरगत रहेको राजस्व अनुसन्धान विभाग अर्थ मन्त्रालय अन्तरगत गएसँगै त्यहाँ कार्यरत ३ जना उपसचिवसहित १५ जना अधिकृत स्तरका कर्मचारी अतिरिक्त समूहमा तानिएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ उपसचिव र १२ शाखा अधिकृत गरेर १५ जना अधिकृत स्तरका कर्मचारीलाई मन्त्रालयको अतिरिक्त समूहमा तानेको हो ।
राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय अन्तरगत गएसँगै उक्त विभागमा नयाँ ओएनएम भएपछि १५ जना अधिकृत स्तरका कर्मचारी मन्त्रालय तानिएका हुन् ।
विभागमा कार्यरत नायव शुब्बा र खरिदार सरहका कर्मचारी पनि तान्ने सामान्य प्रशासन मन्त्रालयको तयारी छ ।

Leave a Reply