‘काजी’को फस्ट लुक सार्वजनिक, चैत २७ बाट प्रदर्शन हुने

काठमाडौं । लक्ष्मण रिजालको निर्देशनमा निर्माण भइरहेको सिनेमा ‘काजी’ले प्रदर्शन मिति तय गरेको छ । फर्स्ट लुक सार्वजनिक गर्दै निर्माण टिमले आज रिलिज डेट लक गरेको हो ।

‘काजी’ चैत २७ गते रिलिज हुनेछ । आगामी नयाँ वर्षको बिदा भेट्ने गरी ‘काजी’ चैत २७ गते आउने भएको हो । चलचित्रको फर्स्टलुकमा सिनेमाका मुख्य पात्र विपिन कार्की छन् । उनी योङ एण्ड हेन्डम देखिएका छन् । चिटिक्क पारेर कोरेको कपाल र दारीमा रहेका रहेका उनले सर्ट लगाएका छन् । उनी केही गम्भीर मुद्रामा केही सोचिरहेको र केही हेरिरहेको देखिन्छन् ।

पोस्टरमा केकी अधिकारी देखिन्छन् । उनलाई विपिनले आफ्नो मुटुमा राखेको जस्तो देखिएको छ । सँगै खाना खाइहरेको पुराना दिन सम्झिरहेको जस्तो देखिन्छ । पोस्टरले सिनेमा पारिवारिक लभस्टोरीमा केन्द्रित रहेको अनुमान लगाउन सकिन्छ ।

विपिन र केकीसँगै यो सिनेमामा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी लगायत कलाकारको अभिनय छ । रिजाल एण्ड रिजल प्रोडक्सनको ब्यानरमा निर्माण रहेको सिनेमालाई राम प्रसाद रिजालले निर्माण गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *