रास्वपा प्रवेश गर्दै पूर्वएआइजी पोखरेलले भने- रवि लामिछानेलाई फसाइयो

काठमाडौं । नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।

कार्यवाहक सभापति डिपी अर्याल, महामन्त्री कवीन्द्र बुर्लाकोटीसहित रास्वपाको नेताहरूले उनलाई पार्टीमा स्वागत गरे।

रास्वपा प्रवेश कार्यक्रममा बोल्दै देश निर्माणको लागि सबै इमान्दारहरु एक ठाउँमा आउनुपर्ने बताए। उनले जनताको विश्वासले नै रास्वपा आगामी चुनावमा एक्लै सरकार चलाउने ठाउँमा पुग्ने विश्वास व्यक्त गरे।

उनले जनतालाई पुरानै नेता पालेर नबस्न र सोच बदल्न आग्रह गरे। उनले पार्टी सभापति रवि लामिछानेलाई अन्यायपूर्ण व्यवहार गरेर फसाइएको दाबी गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *