
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार बैंक संचालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा काठमाडौंमा सभा सम्पन्न भएको हो ।
यस अवसरमा आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको एन।एफ।आर।एस बमोजिम तयार गरिएको वासलात, आव २०८१/८२ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत भएको छ ।
सभाले लाभांश समेत पारित गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को वितरण योग्य मुनाफाबाट २०८२ आषाढ मसान्तको चुक्तापूँजी १४ अर्ब ७६ करोड ९ लाख १२ हजार ९६६ रुपैयाँको ५ प्रतिशतले हुने ७३ करोड ८४ लाख ५० हजार ६४८ रुपैयाँ ३० पैसा बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२६३ प्रतिशतले हुने ३ करोड ८८ लाख ६५ हजार ८२३ रुपैयाँ ५९ पैसा सहित जम्मा ७७ करोड ७३ लाख १६ हजार ४७१ रुपैयाँ ८९ पैसा लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
सिटिजन्स बैंकले देशैभर ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ५६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply