
काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षका नेताहरूको आज पनि बेग्लै भेला बसेको छ। विशेष महाधिवेशनको विपक्षमा रहेका संस्थापन पक्षका नेताहरूको भेला नयाँ बानेश्वरको आनन्दभूमि होटेलमा बसेको हो।
महाधिवेशनको विषयले कांग्रेस संस्थापन पक्ष पनि विभाजित छ। आजको भेलामा ७० जनाभन्दा बढीको नेताहरू सहभागी रहेको जनाइएको छ।
कांग्रेसमा चुनावअघि कि पछि महाधिवेशन गर्ने भन्नेमा चर्को विवाद चलिरहेको छ। सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहमा सहमतिको प्रयास जारी राखेका छन्।
सहमति खोज्न आजका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि सारिएको छ।

Leave a Reply