
काठमाडौं । सानिमा बैंकले आफ्नो इन्टरनेट बैंकिङ सेवा बन्द गर्ने घोषणा गरेको छ । बिहीबार बैंकले एक सूचना सार्वजनिक गर्दै यही मंसिर १४ गतेदेखि बैंकको इन्टरनेट बैंकिङ सेवा पूर्ण रूपमा बन्द गर्ने जनाएको हो ।
‘सानिमा बैंकले प्रदान गर्दै आएको इन्टरनेट बैंकिङ सेवा यही मंसिर १४ गतेदेखि बन्द हुने ब्यहोरा जानकारी गराउँदछौँ’, बैंकको सूचनामा उल्लेख छ ।
सेवा बन्द हुँदा पर्न सक्ने असुविधाप्रति बैंकले क्षमा याचना गर्दै ग्राहकको निरन्तर सहयोग र समझदारीको अपेक्षा गरेको छ ।

Leave a Reply