सलमान खानसँग सहकार्य गरेपछि अनुपविक्रम- जीवनको एउटा चक्र पुरा भयो

काठमाडौं । अभिनेता अनुपविक्रम शाहीले अभिनय गरेको बलिउड चलचित्र ‘ब्याटल अफ गलवान’को सुटिङ सकिएको छ । बलिउड अभिनेता सलमान खान मुख्य भूमिकामा रहेको यस चलचित्रमा अनुपविक्रमको पनि अभिनय रहेको छ ।

अहिले चलचित्रको सुटिङ सकिएपछि उनले सामाजिक संजालमार्फत् खुसी साटेका छन् । आफूले चलचित्रमा हेर्दै हुर्किएको मान्छेसँग चलचित्रमा सहकार्य गर्न पाउँदा निकै नै खुसी भएको बताएका छन् । साथै आफूले अहिलेसम्म भेटेकामध्ये अत्यन्तै दयालु र सहयोगी मान्छे भएको पनि संजालमार्फत् बताएका छन् ।

सलमानसँगको तस्बिर सेयर गर्दै उनले थप लेखेका छन्, ‘वास्तवमा मेरो जीवनको एउटा चक्र पूरा भयो । मभित्रको बालक यति धेरै खुसी छ कि शब्दमा बयान गर्न सक्दिनँ । यो अविस्मरणीय अनुभूतिको लागि हृदयदेखि कृतज्ञ छु ।’

आफूले सलमानको प्रतिभाको मात्रै नभएर कोमल हृदयको साक्षी हुने अवसर पाएको उनले उल्लेख गरेका छन् । सन् २०२० मा गलवानमा भएको चिनिया र भारतीय सेनाको टकराबको विषयमा केन्द्रित यस चलचित्र आउँदो वर्ष प्रदर्शन हुँदैछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *