एनपीएल-२ : रविको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १७५ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा चितवन राइनोजले विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७४ रन बनायो ।

चितवनका लागि रवि बोपाराले सर्वाधिक ६५ रन बनाए । उनले ३८ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । कप्तान कुशल मल्ल २०, सैफ जैब ३२, दीपक बोहरा ५, डविड मलान १७ र देव खनाल २८ रनको योगदान दिए ।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र मार्चेट डि लिङ्गेले समान २-२ तथा शुभव रन्जनेले एक विकेट लिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *