
कैलाली । धनगढीमा एमाले नेता महेश बस्नेत पुग्दा तनाव भएको छ । बस्नेतको विरोधमा प्रदर्शन गरिरहेका जेनजी युवा र एमालेको राष्ट्रिय युवा संघका युवाहरूबीच घम्साघम्सी भएको छ ।
युवा जागरण अभियानको लागी महेश बस्नेत लगायतका नेताहरू धनगढी आउँदै थिए । १० बजेपछि जेनजी चोक नजिक एक दर्जन जेनजी युवाहरू प्लेकार्ड बोकेर विरोधमा उत्रिएका थिए ।
महेश बस्नेत आउँदै गर्दा उनीहरूले नाराबाजी गर्ने थाले । त्यहाँ विवाद सृजना भयो र तनावको अवस्था बन्यो।
केही बेरको घम्साघम्सीपछि जेनजी युवाहरू तितरबितर भएका थिए । जेनजी युवाहरूले आफूहरूमाथि कुटपिट भएको बताएका छन् । केपी ओली र एमालेको नाममा प्रदर्शन गर्न थालेपछि केही बेर विवाद भएको तर कुटपिट नगरेको युवा संघले बताएको छ ।

Leave a Reply