पीएचडी एसोसिएसनको अध्यक्षमा डा. सुन्दरी पोखरेल निर्वाचित

काठमाडौँ । नेपाल पीएचडी एसोसिएसनको अध्यक्षमा डा. सुन्दरी पोखरेल निर्वाचित भएकी छन् । काठमाडौँमा सम्पन्न एसोसिएसनको १७ औँ साधारण सभाबाट यसपटक कार्यसमितिका अधिकांश पद सर्वसम्मत चयन भएको छ ।

कार्यसमितिको उपाध्यक्षमा डा. दिवस अमात्य, महासचिवमा डा. अलकबाबु प्रसाईं र सचिवमा डा. सारिका अमात्य निर्वाचित भएका छन् । कोषाध्यक्षमा भने निर्वाचनबाट डा. रामशरण थपलिया विजयी भएका छन् ।

कार्यसमितिको सदस्यहरुमा डा. भोलानाथ ढकाल, डा. माला कुँवर खरेल, डा. भिष्म कार्की, डा. राजेन्द्रकुमार प्रधान, डा. रामानन्द पण्डित र डा. शान्तिकला सुवेदी निर्वाचित भएका छन् ।

एसोसिएसनले नीति निर्माण र देश विकासमा राज्यलाई सघाउन एसोसिएसन तयार रहेको प्रस्ताव पारित गरेको छ । नेपालमा रहेका प्राज्ञिक जनशक्तिको सदुपयोग गर्न र विदेशमा अध्यययन गरेका तथा विदेशमै कार्यरत प्राज्ञिक जनशक्तिलाई नेपाल भित्र्याएर सदुपयोग गर्न सरकारलाई सुझाव पनि दिएको छ ।

एसोसिएसनले यस वर्षदेखि एनपीए एक्सिलेन्स अवार्ड दिन थालेको छ । पहिलो एक्सिलेन्स अवार्ड डा. यादवप्रसाद पन्तलाई मरणोपरान्त प्रदान गरिएको छ । पन्तको परिवारको तर्फबाट राधेश पन्तले अवार्ड ग्रहण गरेका थिए । डा. पन्त नेपालको पहिलो पीएचडी थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *