
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई केन्द्रीय सदस्य जितजंग बस्नेतले जवाफ फर्काएका छन्।
जेनजी आन्दोलनका क्रममा आगलागी भएको उदयपुर कांग्रेसको कार्यालय अवलोकनपश्चात् पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले कांग्रेसको विधानमा विशेष महाधिवेशनका लागि पत्र दर्ता भएको भन्दै ब्याक गियर नभएको बताएका थिए।
शर्माले भनेका थिए, ‘कांग्रेस विधानमा दर्ताको दफा छ फिर्ताको दफा छैन । त्यसैले विशेष महाधिवेशनको ब्याक गियर हुँदैन । माग भएको ९० दिनभित्रमा विशेष महाधिवेशन गर्नैपर्छ।’
तर त्यसको जवाफ फर्काउँदै बस्नेतले पार्टीको विशेष महाधिवेशन नहुने बताए। उनले भनेका छन्, ‘विशेष महाधिवेशन एक हुँदैन, दुई हुँदैन र तीन हुँदैन। ढुक्क हुनु होस्, वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा पार्टी निर्धक्क निर्वाचनमा जान्छ। ‘ब्याक गियर’ नभएको गाडी चढ्दा दुर्घटना सुनिश्चित छ।’

Leave a Reply