
सुर्खेत । राष्ट्रिय युवा संघको युवा जागरण अभियानलाई सम्बोधन गर्न सुर्खेत पुगेका नेकपा (एमाले) नेता महेश बस्नेतलाई केही युवाहरूले नाराबाजी गर्दै विरोध गरेका छन् ।
बस्नेत सुर्खेत आइपुग्ने जानकारी बाहिरिएपछि वीरेन्द्रनगरमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । जिल्ला समन्वय समितिको हलमा भइरहेको कार्यक्रममा बस्नेत अहिले सहभागी भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी मोहनजंग बुढथापाका अनुसार कार्यक्रम स्थल आसपास केही युवाहरूले प्लेकार्ड बोकेर शान्तिपूर्ण तरिकाले विरोध जनाएका हुन् ।

Leave a Reply