
काठमाडौं । नेकपा एमाले दोलखाका पूर्व जिल्ला कमिटी सचिव तथा शैलुङ गाउँपालिकाका पूर्वअध्यक्ष भरत दुलाल नेकपामा प्रवेश गरेका छन् ।
अध्यक्ष प्रचण्डलाई भेटेर दोलखा एमालेका प्रभावशाली नेता दुलाल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेको प्रेस सेन्टरका उपाध्यक्ष लक्ष्मण खड्काले बताए ।
पार्टी प्रवेशको अवसरमा नेकपा नेताहरु विशाल खड्का, रेनु दाहाल, साबिक नेकपा एसका नेता तथा तामाकोशी गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसी, भीम दाहाललगायत उपस्थित थिए । दुलाल एमाले जिल्ला कमिटी अध्यक्षमा पराजित भएपछि पार्टीमा सक्रिय थिएनन् ।

Leave a Reply