क्रम्प्टनका नयाँ गिजर सार्वजनिक

काठमाडौं । जाडो याम सुरु हुँदै गर्दा घर–परिवारलाई न्यानो, सुरक्षित र भरपर्दो तातोपानी उपलब्ध गराउने उद्देश्यले Crompton ब्रान्डले नेपाली बजारका लागि नयाँ Storage Water Geyser मोडेलहरू सार्वजनिक गरेको छ। नेपालमा Crompton उत्पादहरूको आधिकारिक वितरक CG Electronics ले नयाँ मोडेलहरूको बिक्री तथा वितरण सुरु भएको जानकारी दिएको छ।

Crompton का गिजरहरू दिगोपन, स्थिर Heating Performance र सुरक्षित Heating System का कारण नेपाली घरपरिवारबीच पहिलेदेखि नै लोकप्रिय छन्। यस वर्ष बजारमा आएको ‘Acenza Plus’ (ASWH-6115/6125)‘Solarium Care’ (ASWH-3915/3925) श्रृंखलाले उपभोक्तालाई अझ परिष्कृत र भरपर्दो Heating Experience प्रदान गर्ने कम्पनीको दाबी छ।

जाडोमा सुरक्षित र भरपर्दो तातोपानी अनुभव

कम्पनीका अनुसार, नयाँ मोडेलहरू Storage Heating Technology मा आधारित छन्, जसले चिसो मौसममा पनि पानी छिट्टै तताउने र लामो समयसम्म न्यानो कायम राख्ने क्षमता प्रदान गर्छ।
Aczenia Plus Series आधुनिक घरका लागि प्रिमियम Heating Performance उपलब्ध गराउँछ भने Solarium Care Series ले दैनिक प्रयोगका लागि सहज, सुरक्षित र दिगो Hot Water Solution प्रदान गर्छ।

नयाँ मोडेलका प्रमुख विशेषताहरू

Crompton का दुवै नयाँ मोडेलमा उपभोक्ता आवश्यकतालाई ध्यानमा राख्दै निम्न उच्चस्तरीय विशेषताहरू सामूहिक रूपमा समावेश गरिएको छ:

  • Robust Glassline Coating – Hard Water Condition मा पनि ट्यांकलाई दिगो र सुरक्षित राख्ने।
  • LED Water Temperature Notification – पानी तत्ने क्रममा तापक्रम परिवर्तन तुरुन्त बुझ्न सहयोग गर्ने LED सूचक।
  • Anti-Scale Technology – ट्यांकभित्र जम्ने खनिज तह रोक्दै दीर्घकालीन प्रदर्शन कायम राख्ने।
  • 3 Bathing Modes – Hygiene, Baby Care र Hair Care Mode; परिवारका सबै सदस्यका लागि अनुकूल र सहज।

Acenza Plus Series : Smart Energy Management Technology समावेश गरिएको छ, जसले ऊर्जा खपतलाई अनुकूल बनाइ Heating Performance अझ कुशल बनाउँछ। आधुनिक घरका लागि दिगो, स्मार्ट र प्रिमियम Heating Solutionका रूपमा यो मोडेल प्रस्तुत गरिएको छ।

Solarium Care Series : 5-Star Energy Rating समावेश गरिएको छ, जसले विद्युत् खपत कम गर्दै ऊर्जा–दक्ष तथा लागत–मैत्री Heating Experience प्रदान गर्छ। दैनिक प्रयोगका लागि स्थिरता, सुरक्षा र भरपर्दोपन खोज्ने उपभोक्ताका लागि यो मोडेल उपयुक्त मानिन्छ।

देशभरका CG Digital शो–रूमहरू, CG Electronics डिलर नेटवर्क, तथा प्रमुख E-commerce प्लेटफर्महरूमा नयाँ Crompton गिजरहरूको बिक्री सुरु गरिएको छ। CG Electronics ले After-sales Service, Installation Support, तथा Spare Parts उपलब्धतालाई प्राथमिकतामा राख्दै सहज र छिटो ग्राहक सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *