
काठमाडौं । चुनावअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा खुलेका कांग्रेस संस्थापन पक्षका नेताहरूले विशेष महाधिवेशन पक्षधर नेताहरूसँग छलफल गरेका छन् । आज सभापति शेरबहादुर देउवानिकट २७ नेताहरूले विशेष महाधिवेशन पक्षधर नेताहरूसँग भेट गरेका हुन् ।
चुनाव अघि नियमित महाधिवेशन प्रस्ताव गर्ने २७ केन्द्रीय सदस्य र विशेष माग गर्नेहरूबीच अबको निकासबारे छलफल भएको केन्द्रीय सदस्य आङगेलु शेर्पाले बताए । ४ घण्टा छलफल चलेको भन्दै निकासका लागि सबै पक्ष सकारात्मक रहेको बताए ।
छलफलमा विशेष महाधिवेशनका पक्षधर नेताहरू गुरुराज घिमिरे, देवराज चालिसेलगायत नेताहरू थिए ।
संस्थापन पक्षका यी नेताहरूले यसअघि सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, इतर पक्षका नेता डा. शेखर कोइरालासँग पनि बेग्लाबेग्लै छलफल गरेका थिए ।

Leave a Reply