भारतीय अभिनेता धर्मेन्द्र रहेनन्

काठमाडौं । भारतीय अभिनेता धर्मेन्द्रको देहावसान भएको छ । समाचार एजेन्सी आईएएनएसलाई उद्धृत गर्दै आजतकले जनाएअनुसार आज उनको निधन भएको हो ।

भारतीय चलचित्र निर्माता करण जोहरले सोशल मिडियामा धर्मेन्द्रप्रति श्रद्धाञ्जली दिएका छन् ।

समाचार अनुसार विले पार्ले शवदाहस्थलमा चलचित्रकर्मीहरु भेला भएका छन् । धर्मेन्द्रका परिवारका सबै जना त्यहाँ उपस्थित रहेका छन् ।

८९ वर्षीय अभिनेता केही समय अघिदेखि बिरामी थिए । गत १० नोभेम्बरमा श्वाशप्रश्वासमा समस्या आएपछि उनलाई मुम्बईको ब्रीच क्यांडी अस्पतालमा भर्ना गरिएको थियो । १२ नोभेम्बरमा अस्पतालले उनलाई डिस्चार्ज गरेको थियो । चिकित्सकले थप उपचार घरमै हुने बताएका थिए ।

धर्मेन्द्र जुहु स्थित देओल बंगलामा बस्दै आएका थिए । उनीसँग छोरा अभिनेता शनि देओलसँगै थिए । धर्मेन्द्रकी जेठी श्रीमती र छोरीहरुसमेत उनीसँगै थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *