
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरणमा छुट भएकाहरूलाई बोलाएको छ ।
मंसिर ५ गते प्रशासनले “जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२” अनुसार वर्गीकरण सहजीकरण समितिबाट जेनजी घाइतेहरूको वर्गीकरण सुरु गरेको थियो ।
अधिकांश घाइतेहरू वर्गीकरण भएको भए पनि सो दिन उपस्थित हुन नसकेकाहरूलाई १२ गते दिनको १२ बजे प्रशासनमा बोलाइएको सार्वजनिक सूचनामार्फत जानकारी दिइएको छ ।
घाइतेहरू मध्ये कोही कसैलाई आवतजावत, हिँडडुलमा कठिनाइ भएको कारण एम्बुलेन्स आवश्यक पर्ने अवस्था भएमा मोबाइल नं. ९८५१३३८३२२ मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।
यस्तै हालसम्म पनि अस्पतालमा रही उपचाररत घाइतेहरूको हकमा वर्गीकरण समिति प्रत्येक अस्पतालमा पुगेर वर्गीकरण गरिने बताइएको छ ।

Leave a Reply