खगेन्द्र सुनारले लिए दल दर्ताको प्रमाणपत्र

काठमाडौं । खगेन्द्र सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। आज निर्वाचन आयोगमा बाजागाजासहित पुगेर सुनारको टोलीले दल दर्ताको प्रमाणपत्र लिएका हुन्।

दल दर्ताका लागि उनले गत कात्तिक १८ गते दल दर्ता निवेदन दिएका थिए। उनको पार्टी निर्वाचन आयोगमा २१६ नम्बरमा दर्ता भएको छ।

यो पार्टीले गोलो घेराभित्र राम्रो जनाउने लाइक चुनाव चिन्ह लिएको छ।

प्रतिनिधि सभाकाे निर्वाचन नजिकिएसँगै आयोगमा दल दर्ता गर्नेको सङ्ख्या बढेको छ। मंसिर १० गते बिहानसम्म दल दर्ताको प्रमाणपत्र लिने दलले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन पाउनेछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *