
काठमाडौं । चौथो हप्तामा प्रदर्शन भइरहेको चलचित्र ‘परान’ले रोकिने छाँट देखाएको छैन । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस सिनेमा अनुसार ‘परान’ले अहिलेसम्म १४ करोड १६ लाख ५१ हजार ३९२ ग्रस कलेक्सन गरेको छ ।
तेस्रो हप्तामा चलिरहेको ‘जारी २’ले ५ करोड ८९ लाख ३ हजार ७५२ रुपैयाँ कलेक्सन गरेको छ । जारीसँगै प्रदर्शनमा आएको ‘मनबिनाको धन’ले ३ करोड ४० लाख ६३ हजार ४६ रुपैयाँ कलेक्सन गरेको छ । त्यस्तै अनमोल केसी स्टारर ‘जेरी अन टप’ले १२ करोड ९७ लाखमाथिको व्यापार गरेको छ ।
यो रिपोर्ट गत शनिबारसम्मको मात्रै हो । यो दुई दिनको कलेक्सन जोड्ने हो भने ‘जेरी अन टप’ले १३ करोडको आँकडा छोइसकेको छ ।


Leave a Reply