
काठमाडौं । जनमत पार्टीका दुई प्रदेश प्रमुख नागरिक उन्मुक्ति पार्टी नेपालमा पार्टी प्रवेश गरेका छन्।
आइतबार काठमाडौंस्थित नाउपा नेपालको पार्टी कार्यालयमा राखिएको कार्यक्रममा जनमत पार्टीका सुदूरपश्चिम प्रमुख प्रेमबहादुर चौधरी र कोशी प्रदेश प्रमुख बुद्धिराज न्यौपाने आफ्नो पार्टीमा प्रवेश गरेको नाउपानेका संरक्षक रेशमलाल चौधरीले बताए।
संरक्षक चौधरीका अनुसार विभिन्न ८७ जना व्यक्ति नाउपानेमा पार्टी प्रवेश गरेका हुन्। उनीहरूलाई संरक्षक चौधरीले स्वागत गर्दै पार्टी सदस्यता वितरण गरेका थिए।

Leave a Reply