
काठमाडौं । अभिनेताबाट राजनेता बनेका जोसेफ विजय चन्द्रशेखर (थलापती विजय) को पार्टी तमिलागा वेट्री कजगम (टीभीके) ले तमिलनाडुमा मतदाता सूचीको विशेष गहन पुन: परीक्षण (एसआईआर) गर्ने चुनाव आयोग (ईसीआई) को निर्णयका विरुद्ध अदालत गुहारेको छ ।
भारतीय सर्वोच्च अदालत (सुप्रिम कोर्ट) मा ईसीआईका विरुद्ध चुनौती दिएको विजयको पार्टीले यसअघि राज्यव्यापी विरोध प्रदर्शन गरेको थियो । एसआईआरको विरोध गर्ने मुख्य दलमा टीभीके देखा परेको भारतीय सञ्चार माध्यम अमरउजालाले उल्लेख गरेको छ ।
सुप्रिम कोर्टमा याचिका दायर गरेका भारतीय दलहरुमा तमिलनाडुको द्रविडा मुन्नेत्रा कजागम (डीएमके), भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादी (सीपीआईएम), तृणमूल कांग्रेस पश्चिम बंगाल, द इण्डियन युनियन मुस्लिम लिग (आईयूएमएल) सहित विजयको पार्टी टीभीकेसमेत रहेको छ ।
कोलकातामा ममता बेनर्जीको मार्चपास, मतदाता सूची संशोधन विरुद्ध विरोध प्रदर्शन
एसआईआरको विषयमा गम्भीर विसङ्गति र यसको उद्देश्य केही व्यक्तिको नाम मतदाता सूचीबाट हटाउनु रहेको विपक्षी दल विशेष गरी कांग्रेस र इंडिया गठबंधनका घटकहरुको आरोप छ ।
विपक्षी दलले चुनाव आयोग निष्पक्ष नरहेको आरोप लगाउँदै सत्ताधारी दलको पक्षमा काम गरिरहेको आरोप लगाउँदै आएको छ । यद्यपि एसआईआरले आयोगको प्रकृया पूर्णरुपले पारदर्शी र नियमअनुसार रहेको बताउँदै आएको छ । उनसले मतदाता सूचीलाई शुद्ध बनाउने प्रयास गरिएको बताउँदै आएको छ । आयोगले राजनीतिक दलहरुले लगाउँदै आएको आरोपलाई निराधार भनेको छ।
सरकारले समेत मतदाता सूचीलाई अद्यावधिक गर्ने सामान्य प्रकृया भएकाले यसमा कुनै प्रकारको हस्तक्षेप नभएको उल्लेख गरेको छ ।

Leave a Reply