तनहुँकी शोभा गौलीसँग लगनगाँठो कसे हास्यकलाकार सुमन कोइरालाले

काठमाडौं । हास्यकलाकार सुमन कोइरालाले तनहुँकी शोभा गौलीसँग लगनगाँठो कसेका छन् । आज मध्य बानेश्वरमा बेहुला, बेहुलीका घरपरिवार र नजिकका साथीभाइ बीच कोइरालाले विवाह गरेका हुन् ।

कोइराला निकट स्रोतका अनुसार गौली र कोइराला दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए । गौली नेपाल आउजाउ गरिरहन्थिन् । यही क्रममा उनीहरुबीच प्रेम सम्बन्ध स्थापित भएको थियो । अहिले विवाह गरेर प्रेम सम्बन्धलाई दुवैले पूर्णता दिएका छन् ।

इटहरीका कोइराला कमेडी च्याम्पियनमा दले दाइ नामक पात्रका कारण चर्चित बनेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *