
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा कर्णाली याक्सका ओपनर मार्क वाटले उत्कृष्ट शतक प्रहार गर्दै लुम्बिनी लायन्समाथि शानदार जित दर्ता गर्यो । मार्कले ४४ बलमा ११४ रनमा अविजित रहे । त्यसक्रममा मार्कले १२ छक्का र ६ चौका प्रहार गरे ।
मार्कले एनपीएलमा एकै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान बनाएका छन् । यसअघि सर्वाधिक छक्का प्रहार गर्नेमा विवेक यादव, कुशल मल्ल र लोकेश बम थिए । विवेक र कुशल पहिलो सिजन र लोकेशले यही सिजनमा एकै खेलमा ७ छक्का प्रहार गरेका थिए ।
यस्तै एकै खेलमा सर्वाधिक रन बनाउने किर्तिमान पनि मार्कले बनाएका छन् । यसअघि उक्त किर्तिमान आन्द्रेस गौसको नाममा थिए । उनले पहिलो सिजनमा लुम्बिनीविरुद्ध अविजित १०४ रन बनाएका थिए । उनी एनपीएलमा शतक प्रहार गर्ने दोस्रो र एनपीएल–२ मा शतक प्रहार गर्ने दोस्रो खेलाडी बने ।

Leave a Reply